Author: सद्गुरु योगी मार्कण्डेय

योग,ध्यान,असल जीवन पद्दति, ज्योतिषशास्त्र, बास्तुशास्त्र,अर्थशास्त्र, कला–संगीत साहित्य,आयुर्वेद,प्राकृतिक चिकित्सा,वैज्ञानिक सँग सम्बन्धित छ ।

हिन्दू पञ्चाङ्ग हिन्दू समाजद्वारा मानिने क्यालेन्डर हो। यसका भिन्न-भिन्न रूपमा यो लगभग पूरा भारतमा मानिन्छ। पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूबाट बनेका हुनको कारण छ, यो छ पक्ष, तिथी, वार, योग र गर्ण। एक सालमा १२ महिना हुन्छन्। प्रत्येक महिनमा १५ दिनका दुई पक्ष हुन्छन्, शुक्ल र कृष्ण।पञ्चाङ्ग (पंच + अङ्ग = पाँच अङ्ग) हिन्दू काल-गणनाको रीतिदेखि निर्मित पारम्परिक क्यालेन्डर वा कालदर्शकलाई भन्दछन्। पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूबाट बनेका हुनको कारण छ, यो छ- तिथि, वार, नक्षत्र, योग र करण। यसको गणनाका आधारमा हिन्दू पञ्चाङ्गको तीन धाराहरू छन्- पहिलो चन्द्र आधारित, अर्को नक्षत्र आधारित र तेस्रो सूर्य आधारित क्यालेन्डर पद्धति। भिन्न-भिन्न…

Read More

महाभारतले हामीलाई धेरै कुरा सिकाउँछ तर हामी यसबाट सिक्न चाहँदैनौं। महाभारतबाट सिक्नुपर्ने कुरा धेरै छ। जसमा घटेका घटनाहरू यदि हालका सन्दर्भमा हेर्छौं भने हामी आफैंले धेरै समस्याहरूको समाधान महाभारतबाट निकाल्न सक्छौं । महाभारतको प्रत्येक कथाले कुनै न कुनै पाठ सिकाउँछ। आउँनुहोस् महाभारतबाट सिकौं केहि महत्वपूर्ण कुराहरु। १. पारिवारिक एकता: तपाईंहरुले पाण्डवहरुको जीवनको बारेमा सुन्नु भएकै होला। ती पाँच पाण्डवहरुमा एक अर्काको प्रति प्रेम, सम्मान र एकता थियो। पाण्डव जहाँ गए पनि सँगै रहन्थे। यही कारणले उनीहरुले १०० भाई कौरवहरुलाई हराउन सके। २. सबैप्रति नम्रता: पाण्डवहरू आफूभन्दा ठूला वा पुजनीय व्यक्तिप्रति सदा नम्र रहन्थे। उनीहरुले आफूभन्दा ठूला व्यक्ति वा सम्बन्धिको कहिले…

Read More

पुत्रोमांसोपमं जानन् खादते योऽविचक्षण : । मांसं मोहसमायुक्त : पुरुष सोँऽधम : स्मृत :।। (महाभारत.अनु. ११४।११) अर्थ: आफ्नो छोराको मासुमा र अन्य प्राणीको मासुमा केही फरक छैन, तथापी मोहवश माशु खान्छ भने त्यो मानिस नराधम हो। स्वमांसं परमांसेन यो वर्धयितुमिच्छति। नास्ति क्षुद्रतरस्तस्मात् स नृशंसतरो नर :।। (महाभारत अनु ११६।७) अर्थ: अर्काको माशुले जो आफ्नो मासु बढाउन चाहन्छ , उभन्दा नीच अरु कोही छैन। उ निर्दयी हो। मांसभक्षै सुरापानैर्मुर्खचाक्षरवर्जितै। पशुभि : पुरुषाकारै भाराक्रान्तास्ति मेदिनी।। (चाणक्यनीति ५।२२) अर्थ: माशु खाने, मदिरापान गर्ने अज्ञानीहरू मानिसका आकारमा रहेका पशुहरूका भारले पृथ्वी पिडितै छ। अनुमन्ता विशसिता निहन्ता क्रय विक्रयी। संस्कत्र्ता चोपहर्ता च खादकश्चेति घातका :।।…

Read More

सोमबारको दिन अमावस्या अर्थात् औंसी पर्दछ भने त्यसलाई सोमबारे औंसी भनिन्छ।प्रत्येक महिनामा एउटा औंसी हुन्छ र प्रत्येक सात दिनपछि एउटा सोमवार, तर औंसी र सोमबारको संयोग यदाकद मात्र हुन्छ।यो दिन स्नान, दान र श्राद्ध एवं व्रत गर्नुको उच्च महत्व रहेको मानिन्छ । वर्षभरिमा एकपटक वा कहिलेकांही दुईपटकसम्म सोमवती अमावस्या अर्थात् सोमबारे औंसी पर्दछ।यो पर्व स्नान, दानादिका निमित्त शुभ र सर्वश्रेष्ठ मानिन्छ।यस पर्वमा स्नान गर्न विभिन्न तीर्थस्थलमा टाढाटाढाबाट भक्तजन धाएर जाने गर्दछन्। सोमबारे औंसीमा विहानै स्नान गरेर ब्रम्हदेव तथा माता गायत्रीको पूजा गरिन्छ ।गाइ, सुन, छाता, वस्त्र, पलङ, ऐना इत्यादि चिजको दान गर्नु राम्रो मानिन्छ ।चन्द्रमालाई मनको स्वामी मानिन्छ र औंशीमा…

Read More

गरुड पुराणमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन् । यो १८ पुराणमध्येको एक हो । यसमा २७९ अध्याय र १८ हजार श्लोक छन् । यसको रचना वेदव्यासले गरेका थिए । गरुड पुराणले गर्न हुने र नहुने कुरामा मार्गदर्शन गरेको छ । यसमा कस्ता व्यक्तिले पकाएको खानेकुरा खान उचित हुँदैन भनी उल्लेख गरेको छ । झट्ट सुन्दा त यो सामान्य लाग्छ । तर, यी साना कुराहरुले नै जीवनमा ठूलो अर्थ राख्छ ।गरुड पुराणमा भनिएको छ, खराब आचरण भएको, खराब ढंगका, क्रोधित, लोभी व्यक्तिले पकाएको वा उसको भान्सामा पाकेको खानेकुरा सेवन गर्नुहुँदैन । लुटेर ल्याइएको खानेकुरा लुटेर, ठगेर, छलेर,…

Read More

हामीलाई यो कुरा राम्रोसँग थाहा छ कि ग्रह तथा नक्षत्रहरूले हाम्रो जीवनलाई कुनै न कुनै रूपमा प्रभाव पार्दछ। यहाँ हामी सूर्यादि ग्रहले आफ्नो-आफ्नो क्षेत्रमा पार्ने प्रभावको बारेमा सामान्य चर्चा गर्दैछौँ। सूर्य सूर्य ग्रह शासन गर्दछ र सूर्यलाई सिंह राशिबाट ऊर्जा प्राप्त हुन्छ। यसले पुरुषत्व शक्तिको प्रतिनिधित्व गर्दछ। तपाईंको जीवनमा बुबा, पति आदिको प्रभाव यो ग्रहबाट तय हुन्छ। सूर्यको प्रभावले तपाईंमा युवा उत्साह र गम्भीरता देखाउँदछ, जसको कुण्डलीमा सूर्य बलवान् छ त्यो व्यक्ति नेतृत्व गर्नमा कुशल र राजा समान जीवन व्यतित गर्ने हुन्छ। चन्द्रमा चन्द्रमा ग्रह भावको स्वामी हो, यसले एक व्यक्तिको विचार र इन्द्रियलाई नियन्त्रण गर्दछ। चंद्र कर्कट राशिको स्वामी…

Read More

मेष राशि मेष राशिको स्वामी मंगल ग्रह हो । जीवनमा आउने हरेक समस्या समाधानका लागि भगवान हनुमानजीको आराधना गर्ने हो भने तपाईंको लागि सहयोगी हुनेछ । तल दिएको मन्त्रको दैनिक जप गरेको खण्डमा आर्थिक तथा वित्तिय क्षेत्रमा तपाईंले लाभ प्राप्त गर्नु सक्नु हुनेछ । मन्त्र : ‘ऊँ हं हनुमते नमः’ वृष राशि वृष राशिको स्वामी शुक्र ग्रहलाई मानिन्छ । वृष राशिको धन सम्बन्धी सबै समस्या समाधानका लागि माता दुर्गाको पूजा गरेमा लाभदायक हुनेछ । तल दिएको मन्त्र जप गरेमा वित्तिय समस्या अन्त्य भएर जानेछ । मन्त्रः ‘ऊँ श्री दुर्गादेव्यै नमः’ मिथुन राशि मिथुन राशिको स्वामी ग्रह बुध हो । मिथुन…

Read More

शनिलाई न्यायका देवता मानिन्छ । यो भनिन्छ कि शनिदेवले आफ्नो कर्म अनुसार सबैलाई फल दिन्छन्। शनि ग्रहको साढेसाती दशा सात वर्षसम्म चल्ने दशा हो।  शनिदेवलाई एक राशिबाट अर्को राशिमा सर्नको लागि लगभग साढे दुई वर्ष लाग्छ। ज्योतिषीहरुका अनुसार शनि ग्रह अन्य ग्रहहरु भन्दा ढिलो चल्छ। जसको कारणले शनि ग्रहले व्यक्तिमा क्रमिक रूपमा प्रभाव पार्दछ। शनिको साढेसातीका तीन चरणहरू- ज्योतिष शास्त्रका अनुसार शनि ग्रहको साढेसातीका तीन चरणहरू रहेका छन्।  शनिको साढेसाती पहिलो चरण दुई वर्ष र छ महिनाको हुन्छ। पहिलो चरणमा शनिले व्यक्तिलाई मानसिक रूपमा समस्या गर्दछ। यस समयमा व्यक्तिलाई मानसिक तनाव वा अचानक टाउको दुख्ने समस्या हुन सक्छ। शनिले साढेसातीको…

Read More

वैदिक ज्योतिष अनुसारको कालगणनामा सौर्य, चान्द्र, सावन तथा नक्षत्र आदि अनेक कालको अस्तित्व रहेको छ। यसैको अन्तर्गत रहेर हामी महिना]लाई चान्द्रमान अनुसारको दिन अर्थात् तिथिबाट तथा दिनको लागि सावन दिनबाट गणना गर्दछौँ । सामान्य लक्षण अनुसार यदि १३ सावन दिन अन्तर्गत १५ तिथिहरुको भोग हुन्छ भने त्यसलाई विश्वघस्र पक्ष वा १३ दिनहरुको पक्ष भनिन्छ। सामान्यतया कुनै पनि तिथिको क्षय गणितद्वारा हुँदैन। गणनाको क्रममा सूर्योदयसँग सम्बन्धित तिथिहरु मात्र ग्राह्य हुनाले जुन तिथिले कुनै पनि सूर्योदयलाई छुदैन अर्थात् यदि कुनै तिथि आज सूर्योदय भैसकेपछि सुरु हुन्छ र भोलि सूर्योदय हुनुभन्दा पहिले नै त्यो तिथिको भोग समाप्त हुन्छ भने त्यस तिथिलाई क्षय तिथि…

Read More

मंगल मंगल ग्रह सौर्य मण्डलको सबैभन्दा रातो ग्रह मानिन्छ। यसको दूरी पृथ्वी बाट धेरै टाढा रहेपनि यसको असर हाम्रो जीवनमा प्रत्यक्ष रूपमा पर्छ। मंगल ग्रहको वैदिक ज्योतिषमा पनि धेरै महत्व छ। यो ग्रहलाई आवेश वा ऊर्जाको कारक मानिन्छ। यो लेखमा हामी मंगल ग्रहको बारेमा विस्तारले जान्नेछौँ। यो लेखमा हामी मंगल (Mars) के हो?, मंगल ग्रहको ज्योतिषीय महत्व के छ?, मंगल ग्रहको पौराणिक मान्यता के छ ? मानव जीवनमा मंगल ग्रहले कसरी असर गर्छ? यसको साथै मंगल मंत्र उपाय र रत्नको बारेमा पनि जानकारी दिंदैछौँ। जो तपाईंको लागि धेरै फाइदाजनक हुन सक्छ। अब आउनुहोस् जानौं मंगल ग्रहको बारेमा – मंगल ग्रह…

Read More