स्मरण शक्ति कमजोर भएपछि मानिसहरुलाई लाग्दछ कि मेरो मस्तिष्कमा केहि पनि छैन खालि नै छ । स्मरण शक्ति कमजोर भएकाहरुलाई रिंगटा लाग्दछ । टाउको दुख्दछ । एकाग्रता नष्ट हुन्छ । स्मरण नष्ट हुनुको प्रमुख कारण हो आमाको दूध पूर्णरुपमा खान नपाउनु वा प्रयाप्त मात्रामा हरियो सागसब्जी, फलफुल, गेडागुडिको सेवन नगर्नु । मानसिक तनाव एवं दुर्बलता, पेटको खराबि, शारीरिक कमजोरी, जन्मको समय मानसिक कमजोरी, अत्याधिक संभोग, लामो समय सम्म बिमारि र रक्तअल्पता आदि कारणहरुबाट स्मरण शक्ति कमजोर हुन्छ ।
बच्चाहरुको सबै भन्दा उत्तम पोषक र स्मरणशक्ति वृद्घि गर्ने आमाको दूध हो । जसले जीवन भरि नै हाम्रो सम्पूर्ण शरीरलाई स्वस्थ निरोग एवं शक्तिशालि बनाउछ । आमाको दूधलाई आयुर्वेदले पिउष अर्थात अमृत भन्दछ । जुन बच्चाले आमाको दूध प्रर्याप्त मात्रामा खान पाएको हुादैन उसको स्मरण शक्ति कम हुन्छ । र भोजनमा पौष्टिक पदार्थहरुको कमिका कारण पनि स्मरणशक्तिमा कम हुन्छ । यस्ता व्यक्तिहरुको स्मरण शक्तिबढाउन निम्न औषधिहरुको सेवन गर्नु पर्दछ ।
क) उषापान (विहान उठने वित्तीकै पिउने पानी)
राति सुत्ने समयमा एउटा तामाको भाँडामा एक–डेढ लीटर पानी राख्ने । यदि कालो तुलसी पत्रहरु छन् भने ५—७ वटा रखिदिने र ढाकिदिने । यदि छैनन् भने पानीमात्रै भए पनि राख्ने, बिहान ब्रहममुहूर्तमा उठ्ने र सवैभन्दा पहिले पानी पिउने त्यसपछि मात्रै शौचादि जाने । ८ वर्ष देखि १२ वर्षसम्मका बालकहरूले एक गिलास, १२ वर्षदेखि १५ वर्षसम्मका किशोरहरूले दुई गिलास, १६ वर्षदेखि ३० वर्षसम्मका युवाहरूले ३ गिलास र ३० वर्षभन्दा माथिका व्यक्तिहरूले ४—५ गिलास पानी पिउनु पर्छ । यस प्रकार नियमित उषापान गर्नाले मलावरोध हुदैन, रोग प्रतिरोधात्मक शक्तिको वृद्धि हुन्छ । उषापान स्वस्थ एवं रोगी सबैले प्रतिदिन नियमानुसार पिउनु पर्दछ ।
ख) गोमूत्र या अर्कको सेवन
कामधेनु वशंका (स्थानिय) गाई जो वन, जंगल, चउर आदिमा चरेकाको ताजा मूत्र १०० मि।ली। लिने र एक सफा सुति कपडालाई आठ तह पटाएर उक्त गोमूत्रलाई आठ पटक छान्ने । त्यसपछि बिहान र वेलुका खाना खानु भन्दा एक घण्टा पहिला तिस एम एल पिउने । गोमूत्र पान गरेको आधा घण्टासम्म केहि पनि खान पिउन हुदैन । गोमूत्र सेवनले असमयमा रौं फुल्नेका साथै शरीरका अनेकौ रोगहरुमा रामवाणको काम गर्दछ ।
अथवा
गोमूत्र औषधादिअर्क सेवन
कामधेनुवंशका (स्थानिय) गाईकोमूत्र र जडिबुटिलाई वाप्सिकरण अर्थात डिस्टीलेसन गरेर तयार गरिएको अर्क बिहान–साँझ भोजन गर्नु भन्दा आधा घण्टा पहिला बिस एम।एल सेवन गर्ने ।
नोटः– १५ बर्ष भन्दा मुनिका बच्चाले गोमूत्र या गोमूत्र अर्क सेवन गर्न परेमा आयुर्वेद डाक्टर, कविराज, र वैद्यको सल्लाह अनुसार मात्र प्रयोग गर्नु पर्दछ । गोमूत्र एवं गोमूत्र अर्क खाएको आधा घण्टा सम्म केहिपनि खान र पिउन हुदैन ।
खः पंचगव्यघृत
कामधेनुवंशका गाईको १ गिलास मनतातो दूधमा २ चम्चा पंचगव्यघृत राखी बिहान र साँझ खानाभन्दा २ घण्टा पहिले पिउनु पर्छ । पंचगव्यघृतको नियमित सेवनले सुस्तमनस्थिति, मिर्गी, हिस्टेरिया, तनाव , स्मरणशक्तिह्रास र पागलपन आदिमा रामवाणको काम गर्छ ।
आवश्यक सामग्री
घिउ १ किलो । दूध १ लिटर ।
दहि १ लीटर । गोमूत्र १ लीटर ।
गोमयरस १ लीटर । पानी ४ लीटर ।
पंचगव्य घृत बनाउने तरीका
एउटा स्टीलको भाँडामा घिउ राखी राम्रोसँग तताउने । जब घिउ तात्दछ तब थोरै थोरै गरी दूध पूरै मिलाउने । दूध पछि दहि दहिपछि गोमयरस त्यसपछि गोमूत्र राख्ने र उम्लेपछि पूरै पानी राखिदिने तथा ठीक आँचमा पकाउदै जाने र चलाउदै पनि जाने । करीब २—३ घण्टापछि जब पानीको मात्रा सुकेर घिउमात्र रहन्छ तब त्यसलाई परीक्षण विधिले परीक्षण गर्ने । यदि पानीको मात्रा रहेमा पुनः पकाउने र परीक्षण गरी उतारेर केहि सेलाएपछि सूती कपडाले दुई तह बनाएर छानी काँचको भाँडामा राख्ने । औषधि तयार भयो ।
ग) शंखपुष्पी
शंखपुष्पी चूर्ण ३ ग्राम कामधेनु गाईको १ गिलास दूधमा मिलाई आवश्यकता अनुसार मिश्री राखेर प्रतिदिन ५ हप्तासम्म बिहान गोमूत्रसेवनको १ घण्टापछि पिउनाले स्मरणशक्तिको वृद्धि हुन्छ ।
घ) ब्राहमी अथवा मन्नुपर्णि (घोडटाप्रे,टोप्रेझार)
ब्रह्रमीका ताजा ५ वटा पात प्रतिदिन बिहान राम्रोसंग चपाएर खानाले स्मरणशक्ति सशक्त हुन्छ ।
ङ) अमला र मह
हरियो अमला पाइने समयमा अमलाको दूई चमच ताजा रसमा एक चमच शद्ध मह मिलाएर खानाले स्मरण शक्ति बढदछ ।
च) अमला, गुर्जो र जटामासि
अमला चूर्ण, गुर्जो चूर्ण, र जटामासि चूर्ण बराबर लिने र मिलाइ एउटा शिशिमा राख्ने । २ ग्रामको मात्रामा विहान बेलुकि खाना खाएपछि खाने ।
छ) गहुका जमराको रस
९ दिनका गहुका जमराको रस विहान साझ प्रतिदिन खानाले रगत बढनुको साथ साथ स्मरण शक्ति पनि बढदछ ।
ज) सर्वश्रेष्ट मस्तिष्क शक्तिवर्दक औषधिः मह र अमला
हरियो अमला पाइने समयमा ताजा अमलालाई कोरेसोमा कोर्ने र भित्रको घाजि फेकीदिन र कोरेकोलाई सित्तलमा सुकाउने, राम्रो संग सुकेपछि एउटा शिशाको भाडामा मह राख्ने र त्यसमा सुकाएको अमला राखी दिने अमला महमा उत्रिनु पर्दछ । यो शिशाको भाडालाई दिनको ४–५ घण्टा घाममा राख्ने घामामा राख्दा कुनै काठको पिर्का माथि राख्ने जमिनमा राख्न हुदैन । पाच दिन पछि यसलाई खान सकिन्छ तर यसलाई २१ दनि देखि ४१ दिन सम्म घाममा राख्ने पर्दछ । यो भन्दा श्रेष्ठ स्नायु टोनिक अर्को कनिै छैन ।
झ) बदाम (हाडे), दूध र मिश्री
बदाम ५ दाना लिएर बेलुका कुनै भाँडामा भिझाउने विहान शौचादिबाट निवृत भएर सर्वप्रथम बदामको बाहिरको बोक्रा निकाल्ने र मसिनो गरि पिस्ने र एक गिलास दूधमा राख्ने आवस्यक अनुसार मिश्री मिलाउने र उमाल्न राख्ने राम्रो संग उम्लेपछि उतारेर एक चमच प्राप्त भएसम्म कामधेनु गाईको घिउ राख्ने । गाईको घिउ असम्भव भए भैसिको घिउ भए पनि प्रयोग गर्ने । मन तातो भएपछि पिउने पिएको १ डेडघण्टा सम्म केहि पनि नखाने नपीउने । यसलाई एक दिन पनि नछोडि ४१ दिनसम्म खाने तब मात्र यसको प्रभाव देखिन्छ । विद्यार्थिहरूको लागि त यो सर्वश्रेष्ट मस्तिष्क टोनिक हो ।
ञ) ब्राहमी, बादाम
ब्राहमी १० तोला, हाडे बदाम १० ओटा, काँक्राको विउ, तरबुजाको विउ, खरबुजाको विउ २–२ तोला, सुक्मेलको विउ ५ तोला र मरिच १ तोला, यी सबैलाई चुर्ण बनाएर एउटा सफा शिशिमा राख्ने । यसबाट आधा चमचको मात्रामा प्रतिदिन गाईको दूधसँग खानाले हृदय र मस्तिष्कको शक्ति बढदछ, स्मरणको वृद्धि हुन्छ र वाणी मधुर हुन्छ ।
यौगिक क्रिया
प्रतिदिन पहिले घृतनेति, रबरनेति जलनेति गर्ने ।
नेतिहरु गरीसकेपछि आसन, प्राणायाम, मुद्रा र ध्यान गर्ने । (आसन, प्राणायाम, मुद्रा र ध्यान –पुस्तक : स्वस्थ जीवनका रहस्यहरूमा प्रस्तुत गरिएको छ ।
सााधुवाद
बाबा योगीराज /
योगाचार्य एवं पञ्चगव्य आयुर्बेद विशेषज्ञ
www.globalaawaj.com