भविष्यवाणी
ज्योतिष शास्त्र अनुसार यो वर्षको पहिलो दिन चैत्र शुक्लपक्षबाट शुरु हुन्छ । यो वर्षको राजा शुक्र हुने छ । शुक्र धनको प्रतिक मानिन्छ । मन्त्री पद भने बुधसँग हुने छ । वर्षको पहिलो दिन बुधबार परेको छ ।
शुक्रका कारण वर्ष २०७३ मा भौतिक सुखका साधन, प्रेम, काम, कला संगीत लगायका कुराको प्रचुरता रहने देखिन्छ । यो वर्ष देशको आर्थिक प्रगति हुन सक्छ । सवारी साधन, कला, संगीत, मेकअप, फेशन, रेडीमेड वस्त्र आदीको ब्यापार बढ्ने छ । फिल्ममा कामुकता बढ्ने छ । धान, उँखु, गहुँको उत्पादन राम्रो हुन्छ ।
ज्योतिष गणना अनुसार सम्बत २०७३ को राजा शुक्रको बाहन भ्यागुतो हो । यसको अर्थ यो वर्ष अत्याधिक वर्षा हुन सक्छ । बाढी र पहिरो जस्ता प्रकोपको खतरा पनि कायमै छ । कतिपय क्षेत्रमा भने खडेरीले सताउन सक्छ ।
बुध मन्त्री भएका कारण यो वर्ष कामुकता बढ्ने छ । यौनापराध बढ्ने देखिन्छ । पेट्रोल र ग्यासको मूल्य बढ्ने छ । पत्रकारिता, लेखन, शिक्षा लगायतका क्षेत्रका लागि भने यो वर्ष लाभदायक देखिन्छ । दैनिक उपभोगका सामानको कारोबार गर्नेहरुलाई पनि यो वर्ष लाभदायक देखिन्छ ।
सरकार
शनिको प्रभाव प्रवल रहेका कारण सरकारले गर्ने अनौठा अनौठा निर्णयले जनता आजित हुने योग छ । देशका कतिपय भागमा संक्रामक रोग फेलिने र प्राकृतिक विपद्को योग पनि छ । शनिको प्रभावले फलाम, स्टील, कोइला, पेट्रोलियम, दाल चीनी, ऊनी वस्त्रादीको मूल्य बढ्न सक्छ ।
मुलुक
नयाँ वर्ष २०७३ मा मुलुकले महासंकट व्यहोर्ने र मुलुकमा सैनिक शासन लागु हुनदेखि राजसंस्था व्युँतिने सम्भावना रहेको छ,राजनीतिक हिसावले पनि उथलपुथलको वर्ष हुनेछ,
विभिन्न धर्महरुवीच कलह उत्पन्न हुने तर अन्त्यमा मुलुक हिन्दूराष्ट्र घोषणा हुनेछ,पूर्वराजा ज्ञानेन्द्रको समेत नयाँ वर्षमा राम्रो योग भएकोले मुलुकमा नयाँ साल बाट राजसंस्थाको पूर्नवहाली हुने योग सुरु हुनेछ,काँग्रेसका सभापति शेर बहादुर देउवाको २०७३ साल निकै शुभ छ,नयाँ सालमा मिथुन राशी भएकाहरुलाई राम्रो हुनेछ,प्रचण्डको पनि भाग्य बलियो छ,मुलुकले अर्को महाविपक्तिको सामना गर्नेछ,नयाँ साल पनि नेपालीहरुको लागि उत्तम छैन,‘२०७३ मा मुलुक विभिन्न किसिमका प्राकृतिक प्रकोपहरुको शिकार बन्ने खतरा छ ।
